अनुगमन नरोक्न आपुर्ति मन्त्री यादवको निर्देशन

शनिबार, २६ फागुन २०७४, १६ : १४
अनुगमन नरोक्न आपुर्ति मन्त्री यादवको निर्देशन

काठमाडौं । शनिबार बिहान उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योग मन्त्रालयमा मन्त्रालयका सचिव, आपूर्ति मन्त्रालयका सह–सचिव र आपूर्ति तथा व्यवस्थापन विभागका महानिर्देशक बोलाएर बजार अनुगमन गर्ने काम नरोक्न निर्देशन दिए ।

मन्त्रीले निर्देशन दिदै भने ‘अनुगमन प्रभावकारी हुनुपर्छ । दण्ड गरेर मात्र भएन हामीले गरेको काम प्रभावकारी भयो कि भएन भनेर पुन अनुगमन गर्नुपर्छ ।   तपाईंहरु ढुक्क भएर काम गर्नुहोस् ,परिणाम राम्रो आउनुपर्छ ।’

बजार अनुगमन रोकिएका समाचार बाहिर आएकै बेला मन्त्री यादवले कसैसँग नडराएर काम गर्न निर्देशन दिएका हुन । कर्मचारीले अहिले सम्म भएका कामको विवरण सुनाएका थिए । कयौ कम्पनि, स्कुल, अटोमोबाइल्समा अनुगमन गर्दा ठगेको पाइएको विभागका महानिर्देशक कुमारीप्रसाद दाहालले बताए ।

केहि स्कुलले मासिक फिसमा नै ठगि गरेको बताए । अस्पतालले पनि ठगि गरेको पाइएको बताए । नियम विपरित काम गरीरहेका कम्पनीको अनुगमन गरेपनि कानून नहँुदा कारवाही गर्न गाह्रो भएको दाहालले बताए । मन्त्री यादवले भने ‘देश बनाउने हो भने मिडियाले पनि हामी सबैमाथि निगरानी गर्नुपर्छ । हामी सबै राम्रो कामकोलागि मिलेर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस