खोटाङमा ३६ बाल पुस्तक विमोचित

शनिबार, २६ फागुन २०७४, १३ : ००
खोटाङमा ३६ बाल पुस्तक विमोचित

खोटाङ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् ।

नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा –प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त आयोजनामा शुक्रबारदेखि शुरु भएको दुईदिने सम्मेलनका उद्घाटनका अवसरमा २०० शीर्षकका बाल पुस्तक प्रदर्शनी र नौ कार्यपत्र प्रस्तुत हुनाका साथै चित्रकारद्वय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरियो ।

सम्मेलनको उद्घाटन बाल साहित्य समाजका अध्यक्ष प्रा डा प्राज्ञ चूडामणि बन्धु र प्रदेशसभा सदस्य उषाकला राईले गरेका थिए ।(रासस)

प्रतिक्रिया दिनुहोस