यातायात प्राधिकरण माग

शनिबार, २६ फागुन २०७४, १२ : ५८
यातायात प्राधिकरण माग

तुलसीपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायातको सहज व्यवस्थापनका लागि यातायात प्राधिकरण गठनको माग गरेका छन् ।

राप्ती सार्वजनिक यातायात समिति दाङको शुक्रबार तुलसीपुरमा भएको १७ औँ अधिवेशनको उद्घाटनका क्रममा उहाँले २०४९ सालमा ल्याएको सवारी ऐन परिवर्तन नहुँदा आफूहरुलाई समस्या परेको बताउँदै पछिल्लो समयमा सरकारले एकाधिकार तोड्ने बहानामा विभिन्न प्रालिका नाममा पुराना सवारीसाधनलाई डेण्टिङ पेन्टिङ गरी नयाँ देखाउँदै यात्रुलाई झुक्याउने कम्पनीलाई प्रोत्साहन दिएको आरोप लगाए ।

महासंघका महासचिव सरोज सिटौलाले पुराना गाडी विस्थापन गरी नयाँ र उपभोक्तामैत्री यात्रुवाहक बस ल्याउन ल्याइएको जानकारी दिए ।(रासस)

प्रतिक्रिया दिनुहोस