एसईईको तयारी पूरा, प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला पठाइयो

शनिबार, २६ फागुन २०७४, १२ : ३८
एसईईको तयारी पूरा, प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला पठाइयो

भक्तपुर । आउँदो चैत्र ८ गतेदेखि सुरु हुन लागेको एसईईको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले एसईईको सम्पूर्ण तयारी पूरा हुनुका साथै जिल्लालगायतका सबै केन्द्रमा प्रश्नपत्र पठाउने कार्यसमेत पूरा भएको जनाएको छ । पनिकाका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्रश्नपत्रहरु केन्द्रमा मात्रै पठाउन बाँकी रहेको बताए ।

नियन्त्रक रेग्मीले यस वर्ष देशभर १ हजार ९ सय ५६ वटा परीक्षा केन्द्रहरु तोकिएको जानकारी दिए । उनले यसपालि ४ लाख ८५ हजारबढी विद्यार्थी सहभागी हुने बताए । यस वर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिकतर्फ ३३ हजार सहभागि हुँदैछन् ।

नियन्त्रक रेग्मीले परीक्षा केन्द्रहरुमा १ जना गाडर्, १ जना सहायक,  निरीक्षक र प्रहरीहरु खटाइने बताए । उनले १ हजार ९ सया ५६ केन्द्राध्यक्ष, ३ हजार ९ सय सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटाइने उनले जानकारी दिए । उनले जनशक्ति केन्द्रको हिसाबले खटाइने बताउँदै ठूलो केन्द्रलाई बढी र सानो केन्द्रमा थोरै गरेर निरीक्षक र अन्य जनशक्ति खटाउने व्यवस्था मिलाइएको बताए ।

नियन्त्रक रेग्मीले एउटा केन्द्रमा १५ जना सुरक्षाकमी खटाइने बताए । उनले काठमाडांैभित्र बढीमा पाँच सय विद्यार्थीसम्मको केन्द्र पनि रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस