शौचालय जाँदा २२ वर्षीय युवतीबलात्कृत

शनिबार, २६ फागुन २०७४, ११ : ००
शौचालय जाँदा  २२ वर्षीय युवतीबलात्कृत

बर्दिबास । महोत्तरीको भंगाह नगरपालिकाको वडा नं ६ मदनपट्टीमा २२ वर्षीय दलित युवती शुक्रबार मध्यरात बलात्कृत भएकी छिन् ।

बलात्कृत युवती घर नजिकैको सडक छेउमा शौच गर्न जाँदा ४ जना पुरुषको समूहले नियन्त्रणमा लिएर पिडितले नै ओढेको सलले मुख बाँधेर लछारपछार गर्दै जबरजस्तीकरणी गरेका थिए ।

आफूलाई जवरजस्ती करणी प्रयास गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन नै पक्राउ गरी शुक्रबार सार्वजनिक गर्‍यो ।

पक्राउ पर्नेहरुमा चारै जना भंगाह नगरपालिका वडा नं ६ मदनपट्टी का१९ वर्षिय सुवास विश्वकर्मा,२२ वर्षिय सचिनराम थारु,वर्ष २२ कै प्रदिप सिंह थारु र २६ वर्षिय गोविन्द कुमार राय रहेका छन् ।
 उनीहरुविरुद्ध जर्वजस्तीकरणीको मुद्दा दायर गरि न्यायिक हिरासातमा राखेर कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस