लोक सेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ ।
कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ ।
निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ असोज २०७७, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारी सरुवा र बढुवाको अधिकार लोकसेवालाई दिने प्रस्ताव
मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव
लोकसेवामा सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान
लोकसेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका