दमौली । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २७ असोज २०७७, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो