गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

शुक्रबार, २५ फागुन २०७४, १६ : ३१

काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ ।

विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।(रासस)

प्रतिक्रिया दिनुहोस