चिट चोरे विद्यार्थी पास नगराउन नेता नेपालको निर्देशन

शुक्रबार, २५ फागुन २०७४, १५ : ०८
चिट चोरे विद्यार्थी पास नगराउन नेता नेपालको निर्देशन

रौतहट । एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिट चोरेर विद्यार्थीलाई पास नगराउन निर्देशन दिएका छन् । गृहजिल्ला रौतहटको देवाही गोनाही नपा धरहरीस्थित जयकिशान पोलिटेक्निकल इन्स्टिच्युडको निरीक्षणपछि बिद्यालय प्रमुखलाई नेता नेपालले यस्तो निर्देशन दिएका हुन्

‘चिट चोरेर पास हुने इन्जिनियरले राम्रो सडक बनाउन सक्दैन, चिट चोरेर पास डाक्टर ले राम्रो उपचार गर्न सक्दैन’ नेता नेपालको भनाई छ ।  कार्यक्रममा सांसद प्रभु साह, कल्याणी खड्का, लालबाबु यादव, सरला यादव, समिना हुसेन, कुन्दन कुश्वाहलगायत सहभागी थिए ।

उक्त इन्ष्टिच्यूटमा ४६ जना विद्यार्थी सिभिल इन्जिनियरतर्फ अध्ययन गरिरहेको प्रमुख सुरेशचन्द्र झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस