काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।
बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो ।
गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा बढेको हो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २१ असोज २०७७, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने
अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर आजदेखि बिक्री खुला
आज सेयर बजार, बैंक–वित्तीय संस्था बन्द
अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्दै
वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँट