महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

शुक्रबार, २५ फागुन २०७४, ११ : २३
महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको सभामुख पदका लागि नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले महरालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महरालाई सत्तारुढ वाम गठबन्धनको समर्थन हुनेछ ।

संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता हुँदैछ । (रासस)

प्रतिक्रिया दिनुहोस