काठमाडौँ । करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तःशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ ।
खासगरी विद्युतीय सवारीसाधनमा सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अन्तःशुल्क बढाउने निर्णय गरेको थियो । अहिले अन्तःशुल्क घटाउने निर्णय भएपछि अटोमोबाइल्स व्यवसायीहरुले स्वागतयोग्य भनेका हुन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले विद्युतिय सवारीसाधनमा अन्तःशुल्क घटाउनु स्वागतयोग्य भएको बताए । यस्तै सवारीसाधन खरिदमा न्यूनतम ५० प्रतिशत डाउनपेमेन्ट गर्ने व्यवस्थालाई पनि सरकारले घटाइदिनुपर्ने उनले बताए । उनले सवारी साधनको डाउनपेमेन्टलाई ५० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने व्यवस्था गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आयातित वस्तुमा लिने अन्तःशुल्क र करका दर घटाउँदा सरकारको राजस्व झनै बढ्ने बताए । अन्तःशुल्क घटाउँदा सबै सामान वैधानिक माध्यमबाट आउने र आयातको आकार बढने हुँदा राजस्व पनि बढ्ने उनको भनाई छ । कर घटाउँदा कम मूल्यमा वस्तु विक्री गर्न सक्ने भएकाले उत्पादन पनि बढ्न जाने र त्यसबाट रोजगारी बढने भएकाले राजस्वमा स्वतः वृद्धि हुने श्रेष्ठले बताए ।
व्यवसायीहरुले आयातित वस्तुको अन्तःशुल्क घटाउनु सकारात्मक भएपनि भन्सार प्रक्रियामा सुधारको आवश्यकता रहेको बताएका छन् । खासगरी भ्याट फिर्ता लगायतका विषयमा अझैपनि प्रक्रिया नमिल्दा लागत बढ््न गई उपभोक्तालाई मूल्यमा मार परेको व्यवसायीहरुको तर्क छ । जसका कारण देशमा राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको पनि व्यवासयीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ असोज २०७७, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
९ महिनामा आयात भयो ७ हजार ९३ विद्युतीय गाडी
७ महिनामा १८ अर्बको विद्युतीय गाडी नेपालमा