काठमाडौँ । विद्युतीय गाडी (ईभी) को आयात लगातार दोस्रो महिनामा पनि सुस्त देखिएको छ ।
चालु आर्थिक वर्ष (आव) को चैतमा ६५८ युनिट विद्युतीय गाडी आयात भएको विभागको तथ्याङ्क छ । बजेटको मध्यावधिक समीक्षा अगाडि पुस र माघमा विद्युतीय गाडी आयात बढेको थियो । फागुनमा घटेको विद्युतीय गाडीको आयात चैतमा भने केही सुधार देखिएको छ ।
चालु आवको ९ महिना (साउन-चैत) मा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । गत आवमा जम्मा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार मूल्यको १ हजार ८ सय ७ युनिट विद्युतीय गाडी आयात भएको थियो । उक्त गाडी आयात हुँदा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १४ : ३७
लेखकबाट थप