मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

विहीबार, २४ फागुन २०७४, ११ : ५८
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

उर्लाबारी, मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा बुधबार साँझ मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

उर्लाबारीबाट मधुमल्लातर्फ जाँदै गरेको मे ८ प ७८५० नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँकी ४५ वर्षीया यशोदा पौडेलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल र त्यसका चालक उर्लाबारी–७ बस्ने २६ वर्षीय दिनेश खड्का सामान्य घाइते भएपछि उपचारपश्चात् नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस