बागलुङ-काठमाडौं हवाई सेवा चैत दोस्रो सातादेखि सुरू हुने

विहीबार, २४ फागुन २०७४, ११ : २३
बागलुङ-काठमाडौं हवाई सेवा चैत दोस्रो सातादेखि सुरू हुने

बागलुङ । २६ बर्षदेखि बन्द रहेको बागलुङको बलेवा हवाई सेवा चैतको दोस्रो सातादेखि नियमित रूपमा संचालनमा आउने भएको छ ।

बागलुङ नगरपालिका र नेपाल एयरलाइन्स, तारा एयरलाइन्स बिच लिखित सम्झौता भएपछि  हवाई सेवा सञ्चालन हुने भएको हो ।

जिल्लामा बन्द रहेको हवाई सेवा संचालन गर्नेबारे बागलुङ नगरपालिका र सरोकारवालाबिच लामो समयको प्रयासपछि बुधबार काठमाडौंमा भएको लिखित सम्झौता पछि काठमाडौ-बागलुङ हप्तामा हाललाई दुईवटा फ्लाइट गर्ने लिखित सहमति भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

नेपाल एयरलाइन्स र तारा एयरलाइन्सबीच भएको लिखित सम्झौता अनुसार काठमाडौं-बागलुङ को यात्रामा १२ सिटको र बागलुङ काठमाडौको लागि पुरै सिटको  ग्यारेन्टी नगरपालिकाले गर्ने लिखित सहमति भएपछि अब चैतको दोस्रो साताबाट हवाई सेवा सुरू हुनेछ ।

हवाई भाडादर भने सरकारले निर्धारण गरेअनुसार हुनेछ । बागलुङ-काठमाडौं हवाई सेवा संचालन गर्ने पुरै सहमति भएपछि फागुनको अन्तिम साता टेस्टिङ फ्लाइट गर्ने कार्यक्रम रहेको छ ।

२६ बर्ष सम्म बन्द रहेको बागलुङको बलेवा बिमानस्थल देशमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पुन संचालन हुने भएको हो ।अब धौलागिरिका जनताले हवाई सेवा लिन पोखरा सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस