नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

विहीबार, २४ फागुन २०७४, ११ : १५
नवौं कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिणको लागि नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ ।

इपीएस कार्यालय ग्वार्कोले आज एक सूचना जारी गर्दै परीक्षाको मिति जानकारी गराएको हो । कार्यालयका अनुसार अनुमानित उत्तीर्ण संख्या सात हजार एक सय रहेको छ । परीक्षार्थी मध्यबाट  उत्पादनमुलक क्षेत्रतर्फ चार हजार ८०० र कृषि तथा पशुपालनतर्फ दुइ हजार ३०० कामदार छनोट हुने कार्यालयले जनाएको छ ।

भाषा परीक्षाका लागि एक व्यक्तिले एक क्षेत्रमा मात्रै आवेदन दिनुपर्नेछ । आवेदनका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको व्यक्ति योग्य हुने कार्यालयले जनाएको छ ।

जेठको अन्तिम साता हुने परिक्षाका लागि इच्छुक आवेदकले चैत्र ८ देखि १७ गते सम्म आवेदन दिन सक्नेछन् । दश दिनको लागि छुट्याइएको समायावधिमा युवाहरुले इन्टरनेट मार्फत आवेदन भर्नुपर्नेछ । आवेदनका दिनका लागि इपिएस कार्यालयले eoers.epsnepal.gov.np  साइट सञ्चालनमा ल्याउने जनाएको छ ।

परिक्षाका लागि २४ डलर शुल्क लाग्ने वताइएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन हुने कार्यालयले जनाएको छ । परिक्षा स्थल जेठ १८ मा जानकारी गराइने वताइएको छ । भाषा परिक्षाको नतिजा आषाढ १६ मा प्रकाशित हुनेछ । वस्तुगत प्रश्नहरुको लागि कुल पुर्णाङक २०० रहेको छ भने पढाई र सुनाइका लागि २५÷२५ प्रश्न सोधिने छ । परिक्षाका लागि पढाईलाई ४० मिनेट र सुनाइलाई ३० मिनेट निर्धारण गरिएको छ ।

यस वर्षका दक्षिण कोरिया लागि १० हजार २०० परिक्षार्थी पास भएका थिए । जेठमा सञ्चालन हुने परिक्षाबाट उत्र्तिणहरुको कोरिया जाने प्रतिक्षा अवधि दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस