काठमाडौं । सरकारले कानुन नै संशोधन गरेर ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी यती समूहलाई दिएको छ । हिमालय एअरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको विशेष सुविधा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को डेढ अर्ब आम्दानी गुम्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रीस्तरीय निर्णयबाट नेपाल एअरलाइन्सको बिजनेस खोस्दै निजी विमान कम्पनी हिमालय एअरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिइएको हो । यो निर्णय नागरिक उड्डयन प्राधिकरणको अध्यक्षसमेत रहेका पर्यटनमन्त्री भट्टराईले असोज ४ गते गरेका हुन् ।
यती समूहको मुख्य सेयर सदस्य रहेको हिमालय एअरलाइन्सलाई लाभ पुग्नेगरी वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ संशोधन गरिएको थियो ।
यस कार्यमा पर्यटनमन्त्री भट्टराईको पनि मिलेमतो थियो । त्यही संशोधित निर्देशिकामा टेक्दै उनले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिएका हुन् । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १० असोज २०७७, ०८ : ०६
लेखकबाट थप