काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ ।
आज भिडियो सन्देश जारी गर्दै उहाँले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताउनु भएको हो ।
“ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उहाँले भिडियो सन्देशमा भन्नुभएको छ । कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उहाँ मङ्गलबार अस्पताल भर्ना हुनु भएको हो ।
होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ असोज २०७७, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त हुने छः शशाङ्क कोइराला
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला
गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ : शशाङ्क कोइराला