पोष्टबहादुर बोगटीको छैटौँ स्मृति दिवस : त्याग, निष्ठा र समर्पणको बारेमा चर्चा

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, १८ : १५
पोष्टबहादुर बोगटीको छैटौँ स्मृति दिवस : त्याग, निष्ठा र समर्पणको बारेमा चर्चा

नुवाकोट । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पोष्टबहादुर बोगटीको छैटौँ स्मृति दिवस सम्पन्न भएको छ। पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान नुवाकोट शाखाको आयोजनामा आज विदुर नगरपालिका ५ स्थित पोष्टबहादुर बोगटी स्मृति पार्क पिपलटारमा छैठौं स्मृति दिवस मनाइएको थियो। सोही प्रतिष्ठान शाखा नुवाकोटका अध्यक्ष पुष्प लामिछाने अरुणको अध्यक्षता भएको कार्यक्रमको  प्रमुख आतिथ्यता नेकपाका केन्द्रीय सदस्य बिमला सुवेदीले गर्नुभएको थियो।

सो कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष तथा बागमति प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, नेकपा बागमति प्रदेश सदस्य बिन्दा ढुङ्गाना,सुर्य बहादुर कडेल,सुभद्रा नेपाल,नेकपा जिल्ला कार्यलय सदस्य बुद्वी प्रधान,धर्म अधिकारी, विदुर नगरपालिका प्रमुख एवं सोही स्मृति प्रतिष्ठानका सल्लाहकार संयोजक सन्जु पण्डित,विदुर नपा उपमेयर गिता कुमारी दाहाल लगाएतले दिवंगत वोगटीको त्याग,निष्ठा र समर्पणको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नुवाकोटको साबिक तुप्चे गाविस २ भित्रिनिटार हाल विदुर नगरपालिका ७ मा विस २०१० सालमा बुवा भैरवबहादुर वोगटी र आमा लेखकुमारी वोगटीको कोखवाट जन्मनु भएका वोगटी सानै उमेरदेखि सामाजिक सेवा र राजनितिमा सक्रिय थिए। गाउँमा रहदा किसान आन्दोलन मार्फत गरिव र उत्पिडित हरुको सेवामा रहनु भएका नेता वोगटि जनयुद्ध का सस्थापक केन्द्रीय नेतृत्वमा रहनुभएको थियो। जनयुद्धको सफल योजनाकार र कुसल संगठक वोगटि क दिवाकरको नाममा चिनिनुहुन्थ्यो।

०६२ र ०६३ सालको जनआन्दोलनको सफलतासँगै २०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ वाट बिजयी भएका थिए। संबिधानसभाका सदस्य हुदै एकीकृत नेकपा माओवादीको तर्फवाट संबिधानसभामा प्रमुख सचेतक समेत हुनुभएका वोगटी झलनाथ खनाल नेतृत्वको सरकार हुदाँ सञ्चार मन्त्रालय सम्हाल्नु भएको थियो। वोगटी वि।स ०७१ साल भदौ ३० गतेका दिन उच्च रक्तचाप र मस्तिष्क घातकका कारण दिवंगत हुनभएको थियो।

प्रतिक्रिया दिनुहोस