काठमाडौँ । ६ महिनासम्म भएको लकडाउन र निषेधाज्ञामा ब्युटी पार्लर र शैलुन व्यवसायमा पूरै ढोका लाग्यो । यससँग सम्बन्धित व्यवसाय गर्नेहरुको रोजीरोटीमै समस्या पर्न थाल्यो । अति भएपछि शैलुन व्यवसायहरु कैँची टाउकोमा बाँधेर प्रदर्शनमा निस्केका छन् ।
माइतीघर मण्डलामा मंगलबार व्यवसायीहरुले कैँची टाउकोमा बाँधेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा संयुक्त नाइ संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म प्रदर्शन गरेको थियो ।
सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरी चार वटा जिल्लाका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका छ्न ।
सरकारले कोरोना संक्रमणका बेला अन्य व्यसायहरु सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर,शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० भदौ २०७७, १५ : २७
लेखकबाट थप