वीरगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ३० भदौ २०७७, ०९ : १३
वीरगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज । वीरगन्जमा उपचार गराईरहेकी  बाराकी एक महिलाको मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको छ। बारा डुमरवाना निवासी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान उपचारको लागि ती महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । मधुमेह र निमोनियाको  समस्याले पीडित महिलामा कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

उपचारको क्रममा उनको अवस्था गम्भीर बनेपछि अस्पतालको आइसीयू कक्षमा राखेर उपचार गर्ने क्रममा सोमबार साँझ सवा सात बजे मृत्यु भएको अस्पालले जनाएको छ ।  नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले मृत्युपश्चात् उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोमा पोजेटिभ देखिएको हो  ।

प्रतिक्रिया दिनुहोस