को बन्ला नयाँ मुख्यसचिव ? रेग्मीको हातमा ३ सचिवको भाग्य

पत्रपत्रिकाबाट

आइतबार, २८ भदौ २०७७, ०७ : ५४
को बन्ला नयाँ मुख्यसचिव ? रेग्मीको हातमा ३ सचिवको भाग्य

काठमाडौं । करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि बहालवाला सचिवहरूको दौडधुप सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ मा सकिँदैछ। मुख्यसचिवका लागि ६ जना सचिव आकांक्षी छन्।  

रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि पदबाट राजीनामा गरे भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनेछन्। तर उनले कार्यकाल पूरा गरी अवकाश लिए भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन्। 

किनभने उनीहरूले असोज २२ मा निजामती सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। बैरागी परराष्ट्र, अधिकारी संस्कृति पर्यटन र सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव छन्। तीनैजना २०७२ असोज २२ मा सचिवमा बढुवा भएका हुन्।  

रेग्मीले पूरा कार्यकाल काम गरे भने चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्ये एकजनाले मुख्यसचिव हुने अवसर पाउनेछन्। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस