पोखरा । पोखरामा उपचाररत स्याङजाका थप एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको संक्रमणबाट मृत्यु भएको हो ।
भदौ २४ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा मृत्यु हुने उनी १० औं संक्रमित हुन् । गण्डकीमा हालसम्म २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाई सकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ भदौ २०७७, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै