बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ०९ : ५८
बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या रहेको थियो ।

प्रतिक्रिया दिनुहोस