६ जिल्ला कोरोना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २० भदौ २०७७, २१ : २०
६ जिल्ला कोरोना संक्रमणमुक्त

काठमाडौं । देशका विभिन्न ६ जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

यस्तै गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । यस्तैकोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस