एजेन्सी । इंग्लिस प्रिमियर लिग विजेता लिभरपुललाई पराजित गर्दै आर्सनलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
वेम्बली रंगशालामा शनिबार राति भएको खेलमा आर्सनलका पियर एमरिकले लागि निर्धारित समयमा एक सुन्दर गोल गरे भने टाइब्रेकरमा विजयी पेनाल्टी गोल गरेर टिमलाई जित दिलाए ।
१२ औँ मिनेटमा साकाको सहयोगमा एमरिकले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काए । बराबरीपछि पेनाल्टीमा एफए कप विजेता आर्सनलले ५–४ को जित दर्ता गरेको हो ।
लिभरपुलले लगातार दोस्रो वर्ष पेनाल्टीमा एफए कम्युनिटी शिल्ड गुमाएको हो । गएको वर्ष लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ भदौ २०७७, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल
आर्सनललाई पराजित गर्दै न्युक्यासल फाइनलमा
आर्सनलको उपाधि होडमा धक्का
घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल
लेस्टरमाथि आर्सनलको रोमाञ्चक जित
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल