काठमाडौं । चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ ।
चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गर्नुभएको हे निकटस्थ स्रोतले बताएको हो ।
दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको द्विपक्षीय समन्वय तथा चीन–अमेरिकाबीच भएको पहिलो चरणको आर्थिक तथा व्यापार सम्झौता कार्यान्वयन गर्ने विषयमा रचनात्मक वार्ताका लागि कुराकानी भएको बताइएको छ ।
उक्त अवसरमा दुबै पक्षले व्यापार सम्झौताको कार्यान्वयनलाई अगाडि बढाउँदै परिस्थिति र वातावरण सिर्जना गर्न सहमति जनाएको पनि चिनियाँ अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ भदौ २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर