उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन डिसीसीएमसीको सिफारिस

सफल खबर संवाददाता

मंगलबार, ०९ भदौ २०७७, १८ : ३३
उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउन डिसीसीएमसीको सिफारिस

फाईल तस्वीर

काठमाडौं । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको हो ।  

जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि हुन्छन् ।

प्रतिक्रिया दिनुहोस