रत्ननगर अस्पतालका मेसु डा. बगाले कोरोनालाई जित्न सफल

सफल खबर संवाददाता

शनिबार, ०६ भदौ २०७७, ०९ : ४१
रत्ननगर अस्पतालका मेसु डा. बगाले कोरोनालाई जित्न सफल

चितवन । रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा।विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल भएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।  १२ दिन अघि गरिएको परिक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेका थिए । 

कार्य क्षेत्रमै खटिईरहदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिनुभयो । आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस