एपीएफका ३४ जना खेलाडीलाई कोरोना

सफल खबर संवाददाता

शुक्रबार, ०५ भदौ २०७७, १७ : ४७
एपीएफका ३४ जना खेलाडीलाई कोरोना

काठमाडौं । पछिल्लो पटक विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । यसैबीच सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडी पनि कोरोना संक्रमित भएका हुन् । 

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो । 

यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस