काठमाडौँ । नेपालमा कोरोना भाइरसको भयावह रुप देखिएको छ । दिनानुदिन संक्रमितहरु ह्वात्तै बढिरहेको छ भने मृत्यु संख्या पनि चुलिँदै गइरहेको छ । कोरोनाको भयावह रुपले सबैलाई त्रसित बनाएको छ ।
पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै काठमाडौं उपत्यकामा ३ सहित थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान मात्रै कोरोनाको भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भयो । ललितपुरको पाटन अस्पतालमा २ जना र रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पताल र चितवनको भरतपुर अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको छ। विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भयो । होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुष अस्पतालसमेत टेक्न पाएनन् ।
भदौ २ गते कोसी अस्पतालको प्रयोगशालामा स्बाव संकलन गराएका ती पुरुषको भदौ ३ गते पोजिटिभ रिपोर्ट आएको थियो। उनी १० वर्षदेखि डाइबिटिज र प्रेसरका बिरामी थिए। हिजो बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको १८ घण्टा पनि नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु भएपछि कोरोनाको भयावह रुपले सबैलाई एकपटक झस्काएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ भदौ २०७७, १३ : ४६
लेखकबाट थप