काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताउनुभएको छ ।
नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उहाँ आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उहाँप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत उहाँको निधनले स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।
गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ भदौ २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
एमालेमै फर्किने तयारीमा वामदेव गौतम
अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव गौतम
माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
वामदेवले फर्काए ओलीलाई जवाफ