मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, १६ : ०५
मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि

जनकपुरधाम ।  मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्युको दुई दिनपछि कोरोना पुष्टि भएको हो । 

मटिहानी नगरपालिका वडानम्बर ६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको हो । 

आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । सोही दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस