किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २८ साउन २०७७, १५ : २७

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । आज किस्ट अस्पताल ललितपुरमा थप एक संक्रमितको मृत्यु भएको हो । 

बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको आईसीयूमा उपचार गराइरहेका समयमा मृत्यु भएको हो। उनी दम तथा मुटु रोगी थिए।

किस्ट अस्पतालमै मंगलबार राति पनि काठमाडौं टेकुकी  ७८ वर्षीया महिलाको मृत्यु भएको थियो । उनको पनि बुधबार बिहान कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस