बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १४ : ३३
बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

बाँके । बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बांकेले जनाएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस