कोरोना हटस्पट : वीरगन्जमा थप २२ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, ११ : ३४
कोरोना हटस्पट : वीरगन्जमा थप २२ जनामा कोरोना संक्रमण

वीरगञ्ज । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा थप १६ जना पुरुष र ६ जना महिला गरि थप २२ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्ष सम्म रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन कुमारउपाध्यायका अनुसार सोमबार संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना र पोखरीया नगरपालिकाका एक २५ वर्षीय डाक्टर पनि रहेका छन् । 

 एकजना महिलाको मृत्युपछि सो कोरोना पुष्टि भएको छ । ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु पछि गरिएको कोरोना परिक्षणमा उनका संक्रमण रहेको पाईएको थियो । संक्रमित हुनेहरुमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस