काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको अध्ययन गरेको छ ।
३९ जना टोलीले दुई दिनसम्म सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो । अध्ययनअनुसार नाकमुनि वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुण्ड्याउने, हातमा झुण्ड्याउने वा मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको संख्या २७.३४ रहेको पाइएको छ ।’
४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने २७.१ प्रतिशतले मास्क लगाएका थिएनन् । मास्क लगाउनेमध्ये कपडाको मास्क १५.८ प्रतिशतले लगाएका थिए । मास्क लगाउने २७०३ मध्ये सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ रहेको परिषद्ले जनाएको छ ।
मार्किङ गरिएका स्थानहरुमा समेत ३१.२५ प्रतिशत स्थानमा मात्र भौतिक दुरी कायम भएको भेटिएको छ । साबुन पानी र स्यानिटाइजर लगभग ६० प्रतिशतमा मात्र थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ साउन २०७७, १७ : ३१
लेखकबाट थप