नेकपा महासचिव विष्णु पौडेलको अंगरक्षकलाई कोरोना

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १७ : १४
नेकपा महासचिव विष्णु पौडेलको अंगरक्षकलाई कोरोना

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलको अंगरक्षक पीएसओलाई कोरोना संक्रमण भएको छ।

अंगरक्षकलाई कोरोना संक्रमण भएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन्। शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको हो।भेटघाटमा सक्रिय पौडेल  शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस