कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १७ : ०५
कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा

काठमाडौँ । कोरोना संक्रमणको असर बैंकिङ क्षेत्रमा फेरि सुरु भएको छ ।

उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बैंकिङ क्षेत्रका कर्मचारीमा समेत त्यस्तो संक्रमण देखिन थालेपछि यो क्षेत्र फेरि प्रभावित हुन लागेको हो । आइतबारमात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै त्यस्तो निर्देशन दिएको हो । सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागु गरेको लबडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै फेरि वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस