राष्ट्रिय युवा संघद्वारा चितवन प्रहरीलाई मास्क हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १७ : २४
राष्ट्रिय युवा संघद्वारा चितवन प्रहरीलाई मास्क हस्तान्तरण

चितवन । राष्ट्रिय युवा संघ चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई आज मास्क हस्तान्तरण गरेको थियो । राष्ट्रिय युवासंघ चितवनका अध्यक्ष मधु न्यौपानेले पाँच हजार सर्जिकल मास्क प्रदान गरेको जानकारी दिए ।

कोरोनाको संक्रमण फैलिन नदिन नागरिकलाई वितरण गर्ने उद्देश्य राखेर मास्क हस्तान्तरण गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए । 

नेकपा चितवनका सचिवालय सदस्य तथा युवा इन्चार्ज प्रकाश ढुङगाना, युवासंघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटीलगायतको उपस्थितिमा मास्क हस्तान्तरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले चितवनमा मास्क लगाउने प्रचलन बढेको बताए । कार्यक्रममा राष्ट्रिय युवासंघ चितवनका संजिव लामिछाने, दीपक पाठकले मास्क नलगाउनेलाई कारबाहीभन्दा पनि मास्क वितरण गर्ने कार्य प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस