वीरगञ्जमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १३ : ५७
वीरगञ्जमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सेना, प्रहरी, चिकित्सकसमेत कोरोनाबाट संक्रमित भएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पहिलोपटक हो । संक्रमित मध्ये २२ जना महिला छन् । 

प्रतिक्रिया दिनुहोस