झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ टुक्रेस्थित नयाँ बस्तीका ५८ वर्षीय रोहित रेग्मी रहेको प्रहरीले जनाएको छ ।
छिमेकी जिल्ला इलामको चुलाचुलीस्थित जंगल क्षेत्रबाट आएको हात्तीले शुक्रबार बिहान ४ बजेतिर रेग्मीलाई कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । रेग्मीको घटनास्थलमै मृत्यु भएको थियो । हात्तीले उनको टिनको छाना र बाँसको टाटीबेरा भएको घरसमेत भत्काएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते
दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते