सरकारले भोलिसम्म पूर्णता पाउँछ : प्रचण्ड

शुक्रबार, १८ फागुन २०७४, १६ : ३८
सरकारले भोलिसम्म पूर्णता पाउँछ : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने पनि बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस