काठमाडौंमा पुनः एसिड आक्रमण, आमाछोरी घाइते

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, २२ : १७
काठमाडौंमा पुनः एसिड आक्रमण, आमाछोरी घाइते

काठमाडौं । राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति सो आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस