गृहमन्त्री बादल सशस्त्र प्रहरी मुख्यालयमा पुगे पछि

शुक्रबार, १८ फागुन २०७४, १६ : २१
गृहमन्त्री बादल सशस्त्र प्रहरी मुख्यालयमा पुगे पछि

नव नियुक्त गृहमन्त्री रामबहादुर थापा बादल शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पुगेर कार्यलयको निरीक्षण गरेका छन् ।

निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् । तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा गर्न सुझाव दिएका छन् ।

सुरक्षा निकाय चेन अफ कमाण्डमा चल्नुपर्ने संगठन भएकाले आफ्नो तहगत संरचनाबमोजिमको जिम्मेवारी पूरा गर्न पनि उनले सशस्त्र प्रहरीलाई आग्रह गरे । सीमित साधनस्रोतको बाबजुद उल्लेखनीय कार्य गरिरहेको सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने स्रोतसाधनको उपलब्धताको लागि गृहमन्त्रालयले संभव भएसम्मको प्रयास गर्ने पनि गृहमन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस