वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, १९ : ०७
वीरगञ्जमा मृत्यु भएका पुरुषमा कोरोना

वीरगञ्ज । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान मृत्यु भएका वीरगञ्ज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस