काँग्रेस संसदीय दलको नेता छान्ने निर्वाचनको कार्यतालिका यस्तो छ

शुक्रबार, १८ फागुन २०७४, १५ : १५
काँग्रेस संसदीय दलको नेता छान्ने निर्वाचनको कार्यतालिका यस्तो छ

काठमाडौँ । यही फागुन २१ गते नेपाली कांग्रेस संसदीय दलको नेता पदको निर्वाचन हुँदैछ । पार्टीले शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

निर्वाचन समिति सदस्य रहेका नविन्द्रराज जोशी, भिष्मराज आङदम्बे र चिनकाजी श्रेष्ठले जारी गरेको तालिका निम्न रहेको छ ।

–             निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता ।

–             मतदाता नामावली प्रकाशन : २०७४ साल फागुन २० गते अपरान्ह ४:३० बजे ।

–             मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) : फागुन २० गते अपरान्ह ४:३५ बजे देखि अपरान्ह ५:०० बजेसम्म ।

–             मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन : फागुन २० गते अपरान्ह ५:३० बजे ।

–             उम्मेदवारको लागि दरखास्त : २०७४ साल फागुन २० गते अपरान्ह ६:०० बजे देखि साँझ ७:३० बजेसम्म ।

–             उम्मेदवारको  प्रथम नामावली प्रकाशन : फागुन २०  गते साँझ ७:४५ बजे ।

–             उम्मेदवारको दरखास्त उपर दावी विरोध : फागुन २० गते साँझ  ७:४५ बजे देखि ८:०० बजेसम्म ।

–             उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन : फागुन २० गते साँझ ८:१५ बजे ।

–             उम्मेदवारले नाम फिर्ता लिने : २०७४ साल फागुन २० गते साँझ ८:१५  बजे देखि  फागुन २१ गते विहान ८:१५ बजेसम्म ।

–             उम्मेदवारको अन्तिम नामावली प्रकाशन : फागुन २१ गते विहान ८:३० बजे ।

–             उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क : रु ४१,०००।–

             (अक्षेरुपी एकचालिस हजार रुपैयाँ मात्र) ।

–             मतदान : २०७४ साल फागुन २१ गते विहान १०:०० बजे देखि दिनको १:०० बजेसम्म ।

(क)        निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइनेछ ।

(ख)        मतदान गर्न आउँदा मतदाताले अनिवार्य रुपमा आफू प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपी वा नागरिकताको प्रमाण पत्र वा फोटो सहितको आफ्नो परिचय खुल्ने प्रमाण लिएर आउनु पर्नेछ ।

–             मतदान केन्द्र : नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।

–             मतगणना : मतदान समाप्त भएपछि ।

–             निर्वाचन परिणामको घोषणा : मतगणना समाप्त भएपछि ।

 

 

 

प्रतिक्रिया दिनुहोस