सुनको मुल्य : रेकर्ड कायम गर्दै तोलाको १ लाख २ हजार ५००

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ११ : ४३
सुनको मुल्य : रेकर्ड कायम गर्दै तोलाको १ लाख २ हजार ५००

काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । 

यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १२ सय ९५ रुपैयाँमा प्रतितोलाका दरले कारोबार भएको थियो ।