जलबिरे झरनामा पौडी खेल्ने क्रममा २० वर्षिय युवाको मृत्यु

शसस्त्र प्रहरीका गोताखोरले फेला पारे शव

सफल खबर संवाददाता

विहीबार, २२ साउन २०७७, ११ : २९
जलबिरे झरनामा पौडी खेल्ने क्रममा २० वर्षिय युवाको मृत्यु

चितवन । पर्यटकिय स्थलको रुपमा परिचय बनाउदैं गएको चितवनको जलबिरे झरनामा पौडी खेल्ने क्रममा क्रममा एक युवाको डुबेर मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलबिरे खोलाको भरनामा नुहाउने क्रममा सोही गाँउपालिका ४ स्याक्ल्याङका २० वर्षिय युवा अभिषेक मगरको मृत्यु हो ।

मगर पानिमा  डुबेसंगै उनलाई उद्धार गर्न शसस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका १३ जना गोताखोरको  टोली उद्धारमा खटिएको थियो ।

शिक्षालयका समादेशक कालीदास धौबजीका अनुसार युवक ३ बजेतिर पौडी खेल्ने क्रममा डुबेको र आफुहरुलाई  खबर हुनासाथ ४ बजेबाट  खोजतलास गर्दा साढे ४ बजेतिर शव फेला परेको हो ।  समादेशक धौबजीले भने–‘पौडी खेल्ने क्रममा मृतक युवा भरनाको बिच भागमा  पुगेसँगै उनी डुबेका हुन् । मृतकसंगै पौडी खेल्न गएका अर्का युवा विष्णु मगर भने सकुशल भरनाबाट उत्रिन सफल भएका छन् ।

 

मगरले भने –‘कपडा धोइसकेपछि गर्मी भयो, नुहाँउन जाँउ भनेर दुईजना भित्र पस्यौ, नुहाँउदा जाडो भयो म बाहिर निस्किएर बसे, खेल्दा खेल्दै उनी बिच भागमा पुगे र त्यही डुबे आफुले बचाउनै सकिन् । वर्षायामसंगै भरनामा पानीको बहाव ह्वात्तै बढेको छ । यसले गर्दा पनि जलबिरेमा अहिले नुहाउन समेत खतरा उत्तिकै रहेको छ  । 

प्रतिक्रिया दिनुहोस