वीरगञ्ज । कोरोना संक्रमणको हटस्पट बनेको पर्साको वीरगञ्जमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणको बुधबार राति आएको रिपोर्टमा थप ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका संक्रमित मध्ये ४० जना पर्साका, बाराका दुईजना र रौतहटका एकजना छन्। संक्रमण पुष्टि हुने मध्ये नेपाली सेनाका ११ जना रहेका छन् । यस्तै नारायणी अस्पतालमा कार्यरत एकजना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०७७, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै